+
+

सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १२:२२

काठमाडौं । सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ । आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म सिनेमा हलमा रिलिज भएको दुई महिनापछि मंगलबारबाट नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो ।

‘गंगुबाई काठियावाडी’ गत फेब्रुअरी २५ मा सिनेमा हलमा प्रदर्शनमा आएको थियो । ‘दी माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित यो फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाईको कथा प्रस्तुत गरिएको छ ।

समीक्षकहरुबाट सकारात्मक समीक्षा पाएको ‘गंगुबाई काठियावाडी’ले बक्स अफिसमा पनि राम्रै कमाइ गरेको थियो । यो फिल्ममा आलियाले गरेको अभिनयले उच्च प्रशंसा पाएको छ । फिल्मले बक्स अफिसमा झण्डै २०० करोड भारु कमाइ गरेको थियो ।

फिल्ममा आलियाका अलावा शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका रहेको छ । फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?