+
+

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १४:०६

मध१३ वैशाख, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

उनका अनुसार मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।

मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?