+
+

आकाशमा ४ वटा ग्रह लहरै, खाली आँखाले देखिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १३:०५

१४ वैशाख, काठमाडौं । सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थालेका छन् ।

विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार यही वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् ।

नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिए । ‘यो इन्ट्रेस्टिङ हो । सुरक्षाकर्मीले कवाज खेलेजस्तै आकाशमा पंक्तिवद्ध रुपमा महत्वपूर्ण ग्रहहरू खाली आँखाले एकैसाथ देख्न सकिन्छ,’ शर्माले भने ।

उनका अनुसार यी चार ग्रहसँगै चन्द्रमा पनि लामबद्ध देखिन्छ । यो क्रम केही दिनदेखि जारी छ । र, अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिरहेनछन् ।

यी लामबद्ध भएका ग्रहलाई बिहान ३/४ बजेतिर देख्न सकिने शर्माले बताए । तर, प्रकाश कम प्रदूषित भएको हुनुपर्नेछ ।

ग्रहलाई हेर्न प्रदुषण कम भएको स्थानबाट पूर्व–दक्षिण दिशाको एजिम्यूथकोण ९० डिग्री देखि १४० डिग्री र उचाइकोण १० डिग्रीदेखि ४५ डिग्रीमा अवलोकन गर्नुपर्ने छ ।

निमित्त निर्देशक शर्माका अनुसार ग्रहलाई सजिलै चिन्न सकिनेछ । शुक्र ग्रह अरुको तुलनामा धेरै चम्किलो देखिन्छ भने मंगल ग्रह रातो रङको देखिनेछ ।

तर, यी ग्रहहरू पङ्तिबद्ध रहेता पनि एकै साथ चित्र लिन भने कठिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?