+
+

राष्ट्र बैंकको यात्रा डिजिटल करेन्सीतर्फ : डेपुटी गभर्नर मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १४:५२

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताएका छन् । राष्ट्र बैंकको ६७ औा वाषिर्कोत्सब समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।

कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने उनले बताए ।

उनले अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको समेत बताए । बाह्य क्षेत्रबाट अर्थतन्त्रमम परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उनले बताए । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने उनले बताए ।

समारोहमा राष्ट्र बैंकले पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान गरेको छ । हरेक वर्ष एक पूर्व गभर्नरलाई सम्मान गर्ने राष्ट्र बैंकको परम्परागत अनुसार ११ औं गभर्नर रावललाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?