+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

बीआरआई सम्झौताको विरोधमा वीरगञ्जमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १५:३३

१४ वैशाख, वीरगञ्ज । राष्ट्रिय एकता अभियानले पर्सामा बेल्ट एण्ड रोड इनिसियटिभ  (बीआरआई) सम्झौता राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेको छ । उनीहरुले चीनविरूद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ तस्वीर जलाएका छन् ।

अभियान निकट विधार्थीहरुले वीरगञ्जस्थित माइस्थान चोकमा प्रदर्शन गरेको हो । बीआरआई सम्झौता राष्ट्रघाती भएकोले खरेजी गर्नुपर्ने माग उनीहरूको छ ।

विधार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सहभागीले राष्ट्रघाती बीआरआई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद बन्द गर, पोखरा विमानस्थलमा भएको भष्टाचार छानविन गर, रेलको बहानामा सैन्य विस्तार बन्द गर लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?