+
+

प्रकाशशरण महतले भने : केशव स्थापितले मेयरमा जित्छु भन्ने सपना नदेखे हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १५:१४

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले नेता केशव स्थापितलाई मेयरमा जित्छु भन्ने सपना नदेख्न आग्रह गरेका छन् ।

बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार दर्ता गराएका नेकपा एमालेका नेता केशव स्थापितलाई फेरि काठमाडौंको मेयरमा फर्किन्छु भन्ने सपना नदेख्न आग्रह गरे ।

उनले वागमतीको पानी धेरै बगिसकेको भन्दै अब फेरि त्यो पानी फर्किन नसक्ने जिकिर गरे । प्रवक्ता महतले केशव स्थापितले चुनाव नजित्ने दाबी गरे । उनले नेताहरुले राजनीतिलाई मनोरञ्जनमय बनाएको आरोप लगाए ।

उनले भने, ‘हाम्रो स्थापितजीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा । गेम इज ओभर रे । म भन्छु उहाँको गेम इज ओभर । अब वागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्किएर आउँछु भन्ने सपना नदेखे हुन्छ । राजनीति मनोरञ्जन होइन, देश नै मनोरञ्जनमय भएको छ ।’

प्रवक्ता महतले नेपाली कांग्रेसप्रति नेकपा एमालेका अध्यक्ष ओलीले विभिन्न आरोप लगाएको र निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको धज्जी उडाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?