+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

यातायात विकास प्राधिकरण बनाउन पहल गर्छु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १९:२५

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागि पर्ने बताएका छन् ।

विहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताएका हुन् ।

प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रित गर्न सकिने भन्दै उनले यसको निम्ति आफूले ध्यान केन्द्रित गर्ने बताए । उनले सरकार र सत्तारुढ गबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रित गराउने उल्लेख गरे ।

उनले भने, ‘यातायात क्षेत्रको विकासको निम्ति आवश्यक पर्ने कुरा हाम्रो यातायात मन्त्रालय नै अलग्गै भएपछि मात्रै यसैमा फोकस भएर काम गर्न सकिन्थ्यो । तर हाम्रो राज्यको अहिले स्थिति तत्काल यातायात मन्त्रालय अलग्गै बनाउन सकिने हैसियतमा पुगेको देखिदैन । त्यसकारण यहाँ स्वागत मन्तव्यको क्रममा जे राखिएको रहेछ, कमसेकम यातायात विकास प्राधिकरण बनाउन सम्भव छ ।’

अध्यक्ष दाहालले गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक भएको बताए । गाडीको अवस्था हेरेर त्यसको अवधि निर्धारण हुनुपर्ने उनको भनाई छ । यसको लागि नीतिगत निर्णय गरेर कार्यान्वयन गराउने सम्बन्धमा शुक्रबार बिहान बस्ने गठबन्धनको बैठकमा ठोस प्रस्ताव लैजाने पनि उनले प्रतिवद्धता गरे ।

उनले भने, ‘मैले यो २० वर्षे गाडीको अवधि भनेर जो राखियो । यो वैज्ञानिक छैन । गाडीको कन्डिशन हेरेर निर्धारण गरिनु पर्दछ । उमेर हेरेर होइन भन्ने कुरा मैले भन्दै आएको छु र अहिलेपनि म सरकारलाई यो विषयमा नीतिगत निर्णय गरेर मात्रै पुग्दैन कार्यान्वयनको तहमा लैजानका लागि मन्त्रालयलाई, सम्बन्धित निकायलाई निर्देशन गर्नुपर्छ। ’

उनले यातायात व्यवसायी, यातायात मजदुर र राज्य तीनवटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । यातायात क्षेत्रमा देखिने समस्या समाधानमा आफ्नो ठाउँबाट सधैभरी भुमिका खेल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?