+
+

रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाउन उद्योगमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १४:४६

१५ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्रालय अन्तर्गतका विभाग र महाशाखा प्रमुखसंग छलफल गर्दै मन्त्री बडूले यस्तो निर्देशन दिएका हुन् ।

लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको मोडालिटी बनाउन, प्रभावकारी बजार अनुगमन र विलासी उपभोग्य वस्तुको बन्देज कार्यान्वयन तथा दुई दिन सार्वजनिक विदा शनिबार र आइतबार विदा दिने गरी भएको निर्णय कार्यन्वयनमा जोड दिन मन्त्री बडूले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

‘लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको विषय सधै सरकारको प्राथमिकतामा पर्ने भए पनि हालसम्म सञ्चालन हुन नसकेकोले तत्काल उपयुक्त मोडालिटी तयार गरी पुनः सञ्चालनमा ल्याएर राष्ट्रिय उत्पादन वृद्धि गर्नुका साथै पर्याप्त रोजगारी सृजना गर्नुपर्ने आवश्यक छ,’ मन्त्री बडूले भने, ‘रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न तहमा छलफल तथा अध्ययन भए पनि अहिलेसम्म परिमाण नदेखिएकोले तत्काल कार्यान्वयनमा जाने गरी सञ्चालन ढाँचा बनाउन आवश्यक छ ।’

मन्त्री बडूले राज्य संयन्त्र चुनावमा केन्द्रित भएको मौकामा अत्यावश्यक उपभोग्या वस्तुको अस्वभाविक मूल्य वृद्धि, कालोबजारी रकृत्रिम अभाव रोक्ने गरी बजार अनुगमन गर्न पनि निर्देशन दिए । उनले जेठ १ गतेदेखि शनिबार र आइतबार साताको २ विदा दिने गरी भएको निर्णयअनुसार कार्यालय व्यवस्थापन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

साथै उनले विदाको बहानामा सरकारी स्रोत तथा पेट्रोलियम पदार्थको दुरुपयोग नहुने स्थिति सुनिश्चित गर्ने गरी मापदण्ड र नियन्त्रणात्मक प्रबन्धसहितको कार्ययोजना बनाइन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?