+
+

यामाहाको ‘महा एक्सचेन्ज मेला’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १२:३५

यामाहाको ‘महा एक्सेन्ज मेला’ सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा ‘महा एक्सचेन्ज मेला’ आज बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो ।

एक हप्ता लामो यस महा मेला वैशाख २२ गतेसम्म आयोजना हुनेछ । नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

मेलामा के-के छन् सुविधाहरू ?

मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ ।

साथै, यस “महा एक्सचेन्ज मेला” मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर “मल्टिप्लाई योर ह्यापिनेस २०७९*१००० टाइम्स’मा सहभागी हुने अवसर पाउनेछन् । “मल्टिप्लाई योर ह्यापिनेस २०७९*१००० टाइम्स” अफरअन्तर्गत डिजिटल ज्याकपटमार्फत् ग्राहकले दैनिक रूपमा रू.२०७,९००, स्योर शटमा रू. ८,३१६ र बम्पर उपहारमा रू. २०.७९ लाखसम्म जित्न सक्नेछन् ।

एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ ।

यसैगरी मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि “अन द स्पट फाइनान्स” सुविधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुबिधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिने सुबिधा दिइने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एक्सेसरीज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, “डोर प्राइज”, र “डेली क्विज” जस्ता आकर्षणहरू रहेका छन् ।

“गत वर्षझैँ नेपाली बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट नवीन टेक्नोलोजीहरूसँग परिचित गराउने उद्देश्यका साथ हामीले नेपालकै सर्वाधिक ठूलो यामाहाको “महा एक्सचेन्ज मेला” आयोजना गरेका छौँ । यस मेलाको भरपूर लाभ उठाउन नेपाली बाइक प्रेमीहरूको उत्साहजनक सहभागीता रहनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ,” यामाहा नेपालका सिईओ राजु क्षेत्रीले भने ।

‘महा एक्सचेन्ज मेला’ को उद्घाटन प्रख्यात नेपाली सिनेकर्मी अनमोल केसीद्वारा गरिने कार्यक्रम रहेको छ । मेलामा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वलगायत प्रख्यात सेलिब्रेटी एवम् कलाकारहरूको पनि सहभागिता रहने कम्पनीले जनकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?