+
+

कार्कीविरुद्धको उजुरी खारेज, कीर्ते गरेको विपक्षीको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १३:१४

१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै परेको उजुरी कार्कीले राजीनामा गरेको कागजात पेश गरेपछि खारेज गरेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अब कार्कीको उम्मेदवारी कायम भएको छ ।

कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले कोसी अस्पताल विकास समितिको सदस्यमा बसेर लाभ लिएको दाबीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । कोशी अस्पताल विराटनगरले वैशाख १३ गते कार्की विकास समितिमा बहाल रहेको लिखित जवाफ दिएको थियो ।

उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गरेकी थिइन् । कार्कीले दिएको राजीनामाको पत्र ७२९९ दर्ता नम्बरमा दर्ता भएको उल्लेख छ । तर मन्त्रालयले उपलब्ध गराएको कागजातमा ७२९९ दर्ता नम्बर सूर्य नेपाल प्रालिको नाममा रहेको छ ।

वैशाख १२ गते उपमेयरमा उम्मेदवारी दर्ता गर्दा कार्कीले अस्पताल विकास समिति सदस्यबाट राजीनामा नदिएको भन्दै उनका विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको थियो । तर कार्कीले वैशाख ११ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएको पत्र निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार पेश गरेकी थिइन् ।

नेकपा एकीकृृत समाजवादीकी स्थानीय कार्यकर्ता हिराकुमारी दाहालले स्वास्थ्य मन्त्रालयमा सूचना हकसम्बन्धी ऐन अनुसार सूचना माग गरेकी थिइन् । मन्त्रालयको दर्ता किताबमा वैशाख ११ गतेको दर्ता नम्बर ७२९९ सूर्य नेपाल प्रालिको पत्र दर्ता रहेको भनी सूचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिएका छन् ।

कार्कीले कीर्ते कागजात पेश गरेको भन्दै उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उम्मेदवारी सदरको निर्णय विरुद्ध अदालत जाने बताएका छन् ।

हेर्नुहोस् पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?