+
+

चौरजहारी नगरपालिकामा प्रमुख र उपप्रमुखको प्रतिस्पर्धाबाट एकीकृत समाजवादी पछि हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १७:४३

१६ वैशाख, काठमाडौं । रुकुम पश्चिमको चौरजहाजरी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

नगर प्रमुखका उम्मेदवार पुस्तक चन्द र उपप्रमुखका उम्मेदवार सुशीला गिरीले आ–आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

उनीहरु दुवैले माओवादी केन्द्रका उम्मेद्वारहरूलाई समर्थन गर्ने जनाएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुव बुढाथोकीले जानकारी दिए ।

माओवादी केन्द्रले चौरजहाजरी नगरपालिकाको प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा (बीएम)लाई उम्मेदवार बनाएको छ ।

यसअघि चौरजहारी नगरपालिका वडा नं.१ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका बीरबहादुर गिरीले पनि माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार इन्द्रे गिरीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

चौरजहारी नगरपालिका माओवादी केन्द्रको पकड क्षेत्र मानिन्छ । यहाँ सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलले तालमेल नगरी छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले चौरजहारीकाे प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?