+
+

चौरजहारीमा वडा अध्यक्षका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १२:४१

१६ वैशाख, चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका बीरबहादुर गिरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार इन्द्रे गिरी लगायतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने दिन हो ।

उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिइसक्नुपर्छ ।

माओवादी केन्द्रको पकड क्षेत्र मानिने चौरजहाजरी नगरपालिकामा सत्ता गठबन्धन दलहरुबीच तालमेल भएको छैन ।

माओवादीले नगरपालिकाको मेयरमा पुष्प बादी र उपमेयरमा इश्वरी कुमारी शर्मा (बीएम) लाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?