+
+

जुम्लामा निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा, सबै तहमा पुगे सेना र सशस्त्र

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १०:४१
सिञ्जाको कनकासुन्दरीमा निर्वाचन केन्द्र नियाल्दै नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा ।

१९ वैशाख, जुम्ला । स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमनदेखि डिजिटल अनुगमन गर्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरिएको जानकारी दिइन् ।

वैशाख ३० गते हुने निर्वाचन नजिकिदै जाँदा जिल्लाका राजनैतिक दल र सरोकारवाला निकायलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले तयारी गरेको र जिल्ला निर्वाचन कार्यालयले गरेको कामको जानकारी समेत लिएको उनले बताइन् ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा ७९ स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । तिनीहरु मध्ये १४ वटा मतदान केन्द्र पाँचसय भन्दा कम मतदाता रहेका छन् ।

प्रहरी नायव उपरीक्षक चन्दका अनुसार केही मतदान केन्द्रमा हिंडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् । त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । यसैगरी जिल्लाका मतदान स्थलहरुमा एक महिना अघिदेखि सुरक्षा निकायले अनुगमन थालेको छ ।

निर्वाचनस्थल अनुगमनमा प्रजिअ प्रसाई सहित नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द सहितको टोलीले स्थलगत अनुगमन गर्दै आएको छ ।

निर्वाचन स्थलमा पुगे नेपाली सेना र सशस्त्र प्रहरी

स्वच्छ र भयरहित अवस्थामा निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएकाले सुरक्षा निकायले पनि स्थानीयको समन्वयमा सुरक्षा व्यवस्था मिलाएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताए । राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा सेना परिचालन भइसकेको उनले जानकारी दिए । जिल्लामा डिजिटल नक्शा राखिएको र सो नक्सा अनुसार सुरक्षा निकाय जिल्लाभर कसरी मतदान स्थलमा काम गरिरहेको छ भनेर हेर्ने काम समेत भइरहेको जानकारी उनले दिए ।

उनका अनुसार नेपाली सेना डोल्पा, हुम्ला, मुगु र कालिकोटमा समेत परिचालन गरिएको छ । ड्रोनको समेत प्रयोग गरेर सबै मतदान स्थलको विवरण अपडेट गरिएको छ । यसैगरी सेनाले बम डिस्पोजल टिमलाई पनि खटाएको छ ।

यता सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहालले जुम्लामा तिनै सुरक्षा एकसाथ निर्वाचन सुरक्षाका लागिरहेको बताए । उनले सशस्त्र प्रहरी आवश्यकता अनुसार परिचालन भइरहेको जानकारी दिए । यसैगरी जुम्लाबाट छानौट भएका ६६९ जना म्यादी प्रहरी समेत परिचालन भइसकेको सुरक्षा समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?