+
+

गुल्मीमा अध्यक्षको टिकट नपाएपछि वडा सदस्यको उम्मेदवार !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १३:०८

१९ वैशाख, गुल्मी । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले पदबाट राजीनामा दिएर वडासदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले वडा नम्बर ३ बाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उनी गाउँपालिका अध्यक्ष बनेका थिए ।

३० वैशाखमा हुने निर्वाचनमा चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ ।

अध्यक्षमा दोहोरिने आकांक्षा गरेका श्रेष्ठलाई पार्टीले टिकट दिएन । वडा सदस्यबाट निर्वाचित भएर जिल्ला समन्वय समितिमा जाने उदेश्यले वडा सदस्यमा उम्मेदवारी दिएको उनले बताए । कांग्रेसबाट वडा सदस्य उम्मेदवार बनेका खत्री यतिबेला मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन् ।

चन्द्रकोट गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट युवराज केसी, उपाध्यक्षमा नेपाली कांग्रेसबाट विष्णुप्रसाद भण्डारी उम्मेदवार बनेका छन् । त्यस्तै नेकपा एमालेबाट चेतन बस्नेत र उपाध्यक्ष पदमा राधिका अर्याल उम्मेदवार बनेका छन् ।

बस्नेत जिल्ला समन्वय समिति सदस्यपदबाट राजीनामा दिएर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका हुन् भने अर्याल गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएर पुनः उपाध्यक्ष पदमा उम्मेदवार बनेकी हुन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेसबाट खत्री र उपाध्यक्षमा नेकपा एमालेबाट अर्याल निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?