+
+

लुटपाटपछि हत्‍या गरी फरार अभियुक्त गोरखाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १६:२६

१९ वैशाख, काठमाडौं। प्रहरीले लुटपाट पश्‍चात हत्‍या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-१ डकाहाका २६ वर्षीय प्रकाश तिमिल्सिना रहेका छन् ।

उनले ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजिक सडक किनारबाट लुटपाट गरी फरार भएको प्रहरीको दाबी छ ।

फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखाको चुमनुब्री गाउँपालिका-३ जगतबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनलाई आवश्‍यक कानुनी कारबाहीका लागि प्रहरी वृत स्वयम्भूमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?