+
+

पालिका उपाध्यक्षमा संविधानसभा सदस्य सरदारको बागी उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १७:४०

१९ वैशाख, विराटनगर । संविधानसभा सदस्य आशाकुमारी सरदार मोरङको जहदा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकी छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी उपाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेकी हुन् ।

सरदार २०६४ सालको समानुपातिक तर्फको संविधानसभा सदस्य हुन् । उनी विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेसमा आएकी थिइन् ।

पार्टीले टिकट नदिएपछि आफूले बागी उम्मेदवारी दिएको उनले बताइन् । ‘मलाई अरु पार्टीले रातो कार्पेट ओछ्याएर बोलाएका थिए, तर म गइन,’ उनले भनिन्,‘ पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेकी हुँ ।’

उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । निर्वाचन आयोगले सरदारलाई लालटिन चुनाव चिन्ह दिएको छ । चुनाव चिन्ह पाएसँगै उनी भोट माग्न व्यस्त छिन् ।

जहदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जितेन्द्र साह, उपाध्यक्षमा हन्ना साेरेनलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?