+
+

धर्मश्रीलाई काठमाडौं महानगरको मुख्य प्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १८:०१

१९ वैशाख, काठमाडौं । खेलकुद क्षेत्रमा नेपालको सबैभन्दा पुरानो संस्था नेपाल व्यायम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्री शारीरिक शुगठन प्रतियोगितालाई काठमाडाैं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ ।

आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गरी महानगरको मुख्य प्रायोजन रहने जानकारी दिएको हो । वैशाख २३ र २४ गते प्रज्ञा भवन कमलादीमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि व्यायम मन्दिरले जानकारी दिएको छ ।

१६औं धर्मश्रीका विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । अघिल्लो संस्करणको तुलनामा यसपल्ट पुरस्कार रकम शतप्रतिशत वृद्धि गरिएको हो ।

२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको मात्र प्रतियोगिता गर्दै आईरहेकोमा तेश्रो संस्करण २०५० सालबाट प्रत्येक तौल समूहका बिजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा बिजयीलाई धर्मश्री बिजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।

प्रतियोगितामा यस संस्करणदेखि महिला तथा पुरुष फिजिक्स बिधालाई थप गरिएको छ । प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको विचमा अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधी सहित सम्मान गरिने छ ।

प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले ५ लाख, तेस्रो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो हुने खेलाडीले १ लाख ५० हजार, पाँचौले १ लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?