+
+

इद मुबारक (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ वैशाख २० गते ११:१०

२० वैशाख, काठमाडौं । आज देशभरका मुस्लिम समुदायले नजिकका मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् ।

अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

मंगलबार राजधानी काठमाडौंका दुई मस्जिदलगायतका ठाउँमा विशेष नमाज वाचन गरिएको छ । घण्टाघरमा रहेको जामे मस्जिद, पञ्चकाश्मिरी तकियामा नमाज वाचन गरी शुभकामना साटासाट गर्दै मुस्लिम समुदायले इदउल फित्र पर्व मनाएका छन् । यसअघि कोरोना महामारीका कारण नमाज पाठ गर्न रोक लगाइएको थियो । 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?