+
+

च्याम्पियन्स लिगमा २–० को अग्रता हुँदा पनि ‘पीडा भोग्न तयार’ लिभरपुल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १७:०२

२० वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा भियारियलविरुद्धको पहिलो लेग २–० ले जितेको लिभरपुलले आज राति दोश्रो लेग खेल्दै छ ।

भियारियलको मैदानमा खेल सुरु नहुँदै इंग्लिस क्लब लिभरपुल २–० ले अघि छ ।

तर पनि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप फाइनल पुग्नेमा ढुक्क छैनन् । त्यसैले भियारियल जानुअघि उनले सबै पीडा भोग्न तयार रहनु पर्ने बताएका छन् । उनले भने, ‘हामी सबै चुनौतीका लागि तयार हुनुपर्छ ।’

क्लोपले एउटा प्रतिस्पर्धात्मक खेल खेल्न तयार रहन टिमलाई निर्देशन पनि दिएका छन् । ‘पहिलो खेलमा उनीहरुले हामीलाई जति खेल्न दिएका थिए, दोश्रो खेलमा उनीहरुले त्यो भन्दा बढी खेल्न प्रयास गर्ने छन्,’ क्लोपले भने ।

भियारियलको प्रहार गोल भएमा मैदानमा उनीहरुको समर्थन बढ्ने र लिभरपुललाई दबाव हुने उनको ठहर छ ।

घाइते सेन्ट्रल ब्याक इब्राहिम कोन्टे, मिडफिल्डर थिएगो अलकान्तारा र मोहमद सलाह खेलमा फर्किने छन् । तर लिभरपुलका महत्वपूर्ण खेलाडी रोबर्टो फर्मिनो भने चोटका कारण मैदान बाहिर हुनेछन् ।

लिभरपुल चौथो उपाधिको खोजीमा छ । गत फेब्रुअरीमा कारबाओ कपको उपाधि जितेको लिभरपुलले मे १४ मा चेल्सीसँग एफए कपको फाइनल खेल्ने छ ।

भियारियलसँग च्याम्पियन्स लिगको सेमिफाइनलको दोश्रो लेग खेल्न लागेको लिभरपुल प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी (८३) भन्दा १ अंकले पछाडि छ ।

‘अर्को खेलमा केही नराम्रो नतिजा नआएसम्म यो सिजनमा हालसम्म हामीले राम्रो नै गरिरहेका छौं’, जर्मन प्रशिक्षक क्लोप भन्छन् ।

भियारियलका प्रशिक्षक उनाइ इम्री टिमलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउने दाउमा छन् । त्यसका लागि आफ्नो घरेलु मैदानमा लिभरपुलविरुद्ध उत्कृष्ट खेल्नु पर्ने उनको भनाइ छ ।

‘हामीले सानो गल्तीहरु खोज्ने छौं । जसका कारण हालसम्म कसैले नपाएको सफलता पाउने कोसिस गर्नेछौं’ इम्रीले भने ।

पूर्व युरोपा लिग च्याम्पियन टिम यस पटक स्पेनिस लिग ला लिगामा सातौं स्थानमा छ । खराब प्रदर्शनका कारण केही दबावमा रहेको भियारियलले च्याम्पियन्स लिग नजितेमा आउँदो सिजनमा युरोपेली प्रतिस्पर्धा गर्न पाउने संभावना कम छ ।

खेल अघिको नतिजा हेर्ने हो भने यी दुई टिमबीच ४ खेल भएको छ । जसमा लिभरपुलले दई खेलमा जित हात पारेको छ । एक खेल भियारियलले जितेको छ भने एक खेल बराबरी भएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?