+
+

अन्नपूर्ण केबलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १९:१७

२० वैशाख, पोखरा । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।

केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।

केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४:२५ मा फिस्टेल गेट, ४:३० मा आम्बोट गेट, ४:३५ मा गौरीघाट, ४:४० मा बाराहीचोक, ४:४५ मा सेन्टर पोइन्ट र ४:५० मा हल्लनचोकबाट स्टेसनसम्म लैजान बस पुग्नेछ ।

केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्न यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेन चाहने पर्यटकलाई लक्षित गरि बस सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?