+
+
भारतीय बक्स अफिस :

‘केजीएफ-२’ले ४०० करोड कमाउँदा अजय र टाइगरका फिल्म ‘असफल’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १२:४५

काठमाडौं । इद पर्व बलिउडलाई पैसा छाप्ने राम्रो अवसर हो । तर यसपटक इद त्यस्तो देखिएन । बरु कन्नड भाषाको दक्षिण भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ले झण्डै ४०० करोड भारु कमाएर हिन्दी भाषी फिल्मलाई चुनौती दिएको छ ।

इदमा रिलिज भएका टाइगर श्राफ स्टारर ‘हिरोपन्ती २’ र अजय देवगण स्टारर ‘रनवे ३४’ दुवै फिल्म भारतीय बक्स अफिसमा असफल भएका छन् ।

भारतीय बक्स अफिस विश्लेषक तरण आदर्शले ‘हिरोपन्ती २’ र ‘रनवे ३४’को पछिल्लो सप्ताहन्तपछि फिल्मको कमाइमा बढोत्तरी देखिए पनि समग्रमा कमजोर रहेको र दर्शकले अस्वीकार गरेको हुनसक्ने उल्लेख गरेका छन् ।

बलिउड हंगामाका अनुसार ‘हिरोपन्ती २’ले अहिलेसम्म १७.१० करोड भारु र ‘रनवे ३४’ले अहिलेसम्म १५.२५ करोड कमाएका छन् । ‘इद पर्वबाट समेत दुवै फिल्मले फाइदा लिन सकेनन्’ आदर्शले ट्वीटमा उल्लेख गरेका छन् ।

तर यश स्टारर कन्नड फिल्म ‘केजीएफ-२’ले इदको बिदाको कमाइसहित ४०० करोड भारुभन्दा बढी कमाउने अनुमान गरिएको छ । एकातिर दक्षिण भारतीय फिल्मको बढ्दो कमाइ र अर्कोतर्फ बलिउडका दुवै स्टारका नयाँ फिल्मको असफल प्रदर्शनलाई व्यापार समीक्षकले अर्थपूर्ण रुपमा लिएका छन् । पछिल्लो समय हिन्दी फिल्मको अस्तित्वको प्रश्नको बहस चलिरहेको बेला दुई बलिउड स्टारको कमजोर कमाइले उक्त आशंकामा थप बल पुगेको छ ।

नेपाली बक्स अफिसमा पनि वैशाख १ गते रिलिज भएको ‘केजीएफ-२’ पछिल्लो शुक्रबार रिलिज भएका ‘रनवे ३४’ र ‘हिरोपन्ती २’ भन्दा बलियो देखिएको छ । नयाँ रिलिजभन्दा ‘केजीएफ-२’कै शो र अकुपेन्सी उच्च छ ।

‘केजीएफ-२’ले गत सातासम्म नेपाली बक्स अफिसमा १८ करोड रुपैयाँ ग्रस कमाएको छ भने यसले ‘बाहुबली २’को कीर्तिमानलाई समेत तोड्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?