+
+

कर्णाली पुग्यो मिस नेपाल प्रतियोगिता, १० सुन्दरीले दिए अडिसन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १३:४२

काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक मिस नेपालको अडिसन आयोजना भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार र बुधबार अडिसन आयोजना गरिएको छ ।  दैलेख र सुर्खेत लगायत प्रदेशका जिल्लाबाट १० जना सुन्दरीले अडिसन दिएको संयोजक तेज जीसीले अनलाइनखबरसँग बताइन् ।

‘कर्णालीबासीका लागि यो अवसर हो,’ उनले भनिन्, ‘काठमाडौं जान नसकेर पनि कतिपय प्रतिभा छुटेका थिए । अब भने उनीहरुले प्रतिभा देखाउने मौका पाएका छन् ।’

मापदण्डअनुसारका प्रतिभाशाली सुन्दरीले अडिसनमा भाग लिएको जीसीले बताइन् । ‘कर्णालीका युवतीलाई पनि निःशुल्क अडिसन दिने मौका मिलेको छ,’ उनले भनिन् ।

आयोजक द हिडन ट्रेजरले पहिलोपटक कर्णालीमा समेत अडिसन लिन लागिएको खुसी व्यक्त गरेको छ । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले मिस नेपाल दुर्गम ठाउँमा पुग्नु हर्षको कुरा भएको बताए ।

बुधबार सुर्खेत र नेपालगञ्जमा अडिसन सकिंदैछ भने धनगढीमा बिहीबार हुनेछ । धरान र काठमाडौंमा अडिसन हुन बाँकी छ । अहिलेसम्म ७०० भन्दा बढीले प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् ।

आवेदन दिनेको संख्या अहिलेसम्मकै उच्च रहेको हिडन ट्रेजरले जनाएको छ । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावारीमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?