+
+
आईजीपी बढुवा विवाद :

अदालतले दिएन अन्तरिम आदेश, अब चुनावपछि मात्रै सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते २०:२५

२२ वैशाख, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले सिंह नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले अनलाइनखबरलाई बताए । उनले भने, ‘मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ ।’

सरकारी पक्षले अहिले अन्तरिम आदेश दिए चुनावी सुरक्षामा असर पुग्ने जिकिर गरेको थियो ।  वरियताक्रम मिचेर सिंहलाई आईजीपीमा बढुवा गरिएको भन्दै पहिलो वरियताका एआईजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए ।

हेर्नुस् अन्तरिम आदेश :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?