
२५ बैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । पहिलो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो ।
एन्फा महासचिव ईन्द्रमान तुलाधारका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ ।
राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए ।
एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले हटाएपछि सुरु भएको विवाद दुइ साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेको छैन ।
त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरुले कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेका छन् ।
प्रशिक्षक अल्मुताईरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नो धारणा व्यक्त गरिसकेका छन् ।
फुटबल टिम विवाद बारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेको समाचार आफ्नै वेवसाईटमा सार्वजनिक गरे पनि पाँच मिनेट नबित्दैहटाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4