+
+

धनुषामा राप्रपाका उम्मेदवार कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते ११:२५

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि नेकपा एमालेबाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका छन् ।

मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनीसहित परिवारका ७ जना सदस्यमाथि सांघातिक हमला भएको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपाले माग गरेको छ ।

यसैगरी रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीलाई चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताहरुले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने लगायतका गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

यसले जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको भन्दै राप्रपाले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । ‘आफ्नो चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ । साथै यस्ता घटनाले निर्वाचन मार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?