+
+

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते ११:५०

२६ वैशाख, काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार ९८ हजार ६ सयमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर प्रतितोला १२ सय ८५ रुपैयाँमा स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?