+
+

निर्वाचनको दिन पानी पर्ने सम्भावनाले निर्वाचन आयोग चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १६:४०

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन हुने ३० वैशाखको दिन पानी पर्ने संभावनाले निर्वाचन आयोग चिन्तित भएको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘मौसमको सम्बन्धमा हामी चिन्तित छौं ।’ तर, वर्षाका कारण मतदानलाई असर नगरोस् भन्नेमा आयोग सचेत रहेको उनले बताए ।

‘हामीले बुझ्दा ३० गते पानी पर्ने सम्भावना रहेको छ’ उनले थपे, ‘हामी व्यवस्थापनमा पनि सचेत छौं ।’

प्रत्येक स्थानीय तहमा विपत्त व्यवस्थापन कोष छ र त्यससँग सामग्री रहेको उल्लेख गर्दै उनले भने, ‘कोषसँग भएको सामग्रीहरु प्रयोग गरेर बर्षात भएको अवस्थामा सबै सामाग्री सुरक्षा गरेर निर्वाध मतदान गर्ने वातावरण मिलाउने हाम्रो प्रयास रहन्छ ।’

आयोगले बर्षातका कारण आउन सक्ने समस्या समाधानका लागि आयोगले सबै स्थानीय तहहरूलाई मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न पनि भनेको छ ।

संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई यसबारे निर्देशन गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?