+
+

पोखरामा कांग्रेसका बागी कार्कीले गरे गठबन्धनका उम्मेदवारलाई समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १७:५९

२६ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका छन् ।

सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छिन् ।

कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको र साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको बताएका छन् । उनले मेयर पदमा आफ्नो उम्मेदवारी निष्क्रिय भएको पनि बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?