+
+

थप १३ जनामा कोरोना संक्रमण, १८५ जना सक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १६:०८

२७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १८५ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?