+
+

धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १२:१७

२८ वैशाख, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?