+
+

रेमिट्यान्स आउने क्रममा सुधार, चैतमा भित्रियो साढे ९३ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १६:२७

२८ वैशाख, काठमाडौं । रेमिट्यान्स आउने क्रममा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातारजसो रेमिट्यान्स आउने क्रममा गिरावट देखिएको थियो । पछिल्लो पटक फागुन महिनामा केही सुधार भएको रेमिट्यान्स आप्रवाहमा चैतमा पनि सुधार भएको छ ।

तर, समीक्षा अवधिमा अझै पनि रेमिट्यान्स गतवर्षको तहमा पुगिसकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतमा मात्रै विदेशबाट ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत फागुन महिनामा ९२ अर्ब रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको थियो ।

वाषिर्क विन्दुगत आधारमा भने रेमिट्यान्स घटेको छ । ९ महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड कायम भएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ०३१ पुगेको छ ।

अघिल्लो वर्षको यस्तै अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?