+
+

रोल्पामा सत्तारुढ दलका कार्यकर्ताबीच दिनहुँ झडप

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख २९ गते १०:०३

२९ वैशाख, रोल्पा । देशका अन्य जिल्लामा गठवन्धन गरेर चूनावी मैदानमा उत्रिएका सत्तारुढ दलका कार्यकर्ताहरु रोल्पामा भने दिनहुँ जसो झडपमा उत्रन थालेका छन । मतदानको दिन नजिकिदै जाँदा उनीहरु वीच झडप बढ्दै गएको हो ।

गत वैशाख २१ गते माडी गाउँपालिका वडा नम्बर ३ मा कांग्रेस-एमाले गठवन्धन र माओवादी-एकीकृत समाजवादीवीच झडप भएको थियो । झडपमा कांग्रेस-एमाले गठवन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार निमवहादुर डाँगी माथि रड प्रहरी गरि सांघातिक आक्रमण भएको थियो । गम्भिर घाईते डाँगीको अहिले उपचार भई रहेको छ ।

वैशाख २६ गते गंगादेव गाउँपालिकामा आक्रमणको अर्काे घटना भयो । सो आक्रमणमा नेपाली कांग्रेसका मनवहादुर वुढामगर र कमल वुढामगर सख्त घाईते भएका छन । उनीहरुको नेपालगंज मेडिकल कलेजमा उपचारभईरहेको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ ।

यसैगरि वैशाख २६ गते राती ११ वजे सुनिल स्मृति गाउँपालिका ८ अरेशमा नेपाली कांग्रेसका कार्यकर्ता मनवहादुर पुनलाई सांघातिक आक्रमण गरि गम्भिर घाईते वनाएकाले उनको वुटवलमा उपचार भईरहेको कांग्रेस रोल्पाले वताएको छ ।

जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नंं ३ को मसिना,परिवर्तन गाउँपालिका वडा नम्बर कुरेली र वडा नम्बर २ को रांसीमा समेत आफ्ना कार्यकर्तमाथि आक्रमण भएको कांग्रेस रोल्पाको भनाइ छ । परिवर्तन २ रांसीमा माओवादी कार्यकर्ता खुकुरी लिएर आक्रमणमा उत्रिएको कांग्रेसको आरोप छ ।

‘लोकतन्त्रिक अभ्यासको रुपमा रहेको निर्वाचनमा अरुको अस्तित्व स्वीकार गर्न नसकी गरिएका यस्ता घटनाको स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदा समेत प्रशासन मुग्दर्शक भएको छ’ नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले भने ।

घटनामा संलग्नहरुको किटानी उजुरी दिंदा पनि प्रहरीले उजुरी लिन मान्दैन सभापति आचार्यले भने । घटनामा संलग्न हरुलाई हालसम्म पनि पक्राउ नगर्नुले स्थानीय प्रशासनको व्यवहार प्रति आशंका उत्पन्न भएको छ सभापति आचार्यले भने ।

यता जिल्ला प्रहरी कार्यालय रोल्पाले भने निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न प्रहरी लागि परेको वताएको छ । निर्वाचनमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र भए प्रहरी नियन्त्रणमा लिन प्रहरी सक्रिय छ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले भने ।

‘घटना हुनै नदिन र घटना भए संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउने काम भएको छ,’ घिमिरेले भने । गंगादेव गाउँपालिकामा भएको घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ परिसकेको घिमिरेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?