+
+

प्युठानमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:१३

३० वैशाख, प्युठान। स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान ११ बजेसम्म प्युठानमा ३० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म ३० प्रतिशतको हाराहारीमा मतदान भएको हो ।

प्यूठानका सवै केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको उनले बताए।  ‘अहिले रिपोर्ट लिने काम जारी छ, ३० प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने  ।

प्यूठानमा कुल २ सय २० मतदान केन्द्र एव १ सय ५१ मतदान स्थल तय गरिएको छ । यसका लागि १ हजार ८४ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?