+
+

मध्याह्नसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

सात जिल्लाका केही स्थानमा मतदान रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १२:३१

३० वैशाख, काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

ती स्थानमा  पनि छिट्टै मतदान सुरु हुने अपेक्षा रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?