+
+

बाबुरामले मतदान गरेको केन्द्रका मतदान अधिकृतलाई पनि स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १६:१०

३० वैशाख, काठमाडौं ।  निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा मतदान अधिकृतलाई समेत स्पष्टीकरण सोधेको छ ।

आयोगले गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधेको हो ।

‘निज डा. बाबुराम भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन ?’ स्पष्टीकरणमा भनिएको छ ? ‘

मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण खुलाई यथाशीघ्र प्रतिवेदन पठाउन आयोगले भनेको छ ।

डाक्टर भट्टराईले मतदान गरेको मतपत्रको फोटो सार्वजनिक गरेका थिए । यसबारेमा आयोगले भट्टराईलाई पनि स्पष्टीकरण सोधिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?