+
+

वीरगञ्ज महानगरमा दलका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:४७

३१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा राजनीतिक दलका प्रतिनिधि समयमा नआउँदा मतगणनामा ढिलाइ भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि मतगणना सुरु हुन सकेको छैन ।

वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडाको मत गणना गर्नुपर्नेछ । शुक्रबार सम्पन्न निर्वाचनमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि आउन ढिलो गरेका कारण मतगणना कार्य सुरु गर्न नसकिएको जानकारी दिएको छ । दलका प्रतिनिधिहरु ढिलोगरी आउँदा बिहान ८ बजे राखिएको सर्वदलीय बैठक पनि डेढ घण्टा पछि सुरु भएको थियो ।

सर्वदलीय बैठकले मतगणनामा आउन सक्ने विवाद समाधानका लागि २२ बुँदे निर्णय गरेको थियो । र मतगणना ११ बजेदेखि गर्नेगरी सहमति भएको थियो । तर राजनीतिक दलका प्रतिनिधि नआउँदा मतगणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

‘बिहान ८ बजे राखिएको सर्बदलीय बैठक पनि साढे ९ बजे मात्रै सुरु गर्न सकियो’ उनले भने, ‘ राजनीतिक दलका प्रतिनिधि साथीहरु आउन ढिलाइ भएकोले मतगणना कार्य सुरु गर्न सकिएको छैन । यसले गर्दा हामीलाई अप्ठेरो भइरहेको छ ।’

दलका प्रतिनिधि आइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रारम्भ भएको सूचना जारी गरेर मतगणना सुरु गर्नेछ । ढिलोमा साढे १२ बजेबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?