+
+

हरिनास १ मा कांग्रेसका गुरुङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:५६

३१ जेठ, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेसका इन्द्रबहादुर गुरुङ विजयी भएका छन् । गुरुङ ८०४ मत प्राप्त गरी विजयी भएका हुन् । यो वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो ।

गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे ।

त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएका निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

स्थानीय चुनाव २०७९

छुटाउनुभयो कि ?