+
+

चितवनको रत्ननगरमा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १३:३६

३१ वैशाख, चितवन । चितवनको रत्ननगर नगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका प्रह्लाद सापकोटाले अग्रता लिएका छन् । वडा नं. १ को एक सय मत गणना गर्दा सापकोटाले ५५ र एमालेकी विमला दुवाडीले ३३ मत पाएकी छन् ।

उपमेयरमा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरे र एमालेका यादव पाठकले समान ३२ मत पाएका छन् ।

वडाध्यक्षमा कांग्रेसका कुल प्रसाद सापकोटाले ३४ मत पाएका छन् । एमालेका शालिकराम पराजुलीले ३२ र माओवादी केन्द्रका गणेश पौडेलले २२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?