+
+

घोराही उपमहानगरमा गठबन्धनका शर्मा र डाँगीको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ८:३०
हेमराज शर्मा (डायमण्ड) र भुपबहादुर डाँगी

१ जेठ, दाङ । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

बिहान ७ बजेसम्मको अवधिमा प्रमुख पदमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड) एमालेका उम्मेदवार नरुलाल चौधरीभन्दा ३ सय ७५ मत अन्तरले आगाडि छन् ।

शर्माले ३ हजार १३७ मत प्राप्त गर्दा चौधरीले २ हजार ७६१ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार  भुपबहादुर डाँगीले ३ हजार ४३० मत प्राप्त गर्दै अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले २ हजार ६५९मत प्राप्त गरेकी छन् । उपप्रमुखमा गठबन्धनका  डाँगी र एमालेकी डिसीबीच  ७ सय ७१ मतको फरक छ ।

घोराहीमा अहिले ६ वटा वडाको मत गणना भइरहेको छ । जसमध्ये ३ वडामा गठबन्धनले र ३ वडामा एमालेले अग्रता लिएको छ । एमाले वडा नं. १४, १६ र १७ मा अगाडि देखिन्छ भने गठबन्धन वडा नं. १८, १५ र १९ मा अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?