+
+

एप्पलले गुमायो संसारकै मूल्यवान कम्पनीको ताज, साउदी कम्पनी पहिलो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १२:१८

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले संसारकै सबैभन्दा मूल्यवान कम्पनीको ताज गुमाएको छ । प्रविधि कम्पनीको शेयरको वृहत बिक्रिसँगै एप्पलको पहिलो स्थान खस्किएको हो ।

यो सँगै साउदी तेलत तथा ग्यास उत्पादक कम्पनी आराम्को संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानमा फर्किएको छ । झण्डै दुई वर्षपछि आराम्कोले एप्पललाई पछि पार्दै पुनः संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

पछिल्लो समय लगानीकर्ताहरुले प्रविधि कम्पनीको आफ्नो शेयर भटाभट बेच्दै कम जोखिमयुक्त क्षेत्रमा लगानी गर्न थालेकोले एप्पलको बजार मूल्य खस्किएको हो ।

लगानीकर्ताहरुले जोखिम मोल्न नचाहेका कारण पछिल्लो समयमा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य तिव्र गतिमा ओह्रालो लागेको छ ।

बुधबार न्युयोर्कमा एप्पलको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट भई कम्पनीको बजार मूल्य २.३७ ट्रिलियन डलरमा झर्यो । यो सँगै एप्पल संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानबाट दोश्रो स्थानमा झर्नपुग्यो । बुधबार साउदी तेल तथा ग्यास कम्पनी आराम्कोको बजार मूल्य २.४२ ट्रिलियन डलर रहेको थियो।

सन् २०२० पछि आराम्को पहिलोपटक संसारको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । यो वर्ष कच्चा तेल तथा प्राकृतिक ग्यासको बजार मूल्यमा वृद्धि भएसँगै आराम्कोको शेयर मूल्यमा बढोत्तरी भैरहेको छ । जबकि सन् २०२२ सुरु भएयता एप्पलको शेयर मूल्यमा भने झण्डै २० प्रतिशतले गिरावट भएको छ । यद्यपि गत जनवरीमा एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर पुगेसँगै एप्पल ३ ट्रिलियन डलर मूल्यको विश्व इतिहासकै पहिलो कम्पनी बनेको थियो । कोरोना भाइरस महामारीका बेला ग्याजेटहरुको बिक्रिमा उल्लेख्य वृद्धि भएसँगै एप्पलको आम्दानी, मुनाफा तथा कम्पनीको शेयर मूल्य पनि बढेको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?