+
+

गल्छी-३ मा माओवादी केन्द्रका भुजेल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:४२

१ जेठ, काठमाडौं । धादिङको गल्छी गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका राजन भुजेल विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार भुजेलले ७२५ मत ल्याउँदा नेकपा एमालेका प्रत्यासी कपिल रेग्मीले ४८८ मत प्राप्त गरे ।

रेग्मी दोस्रो कार्यकालका लागि वडाध्यक्षको प्रत्यासी बनेका थिए भने विजयी भुजेल अघिल्लो चुनावमा रेग्मीसँग पराजित भएका थिए । भुजेलसँगै गठबन्धनका सबै उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?