+
+

मकवानपुरको राक्सिराङ गाउँपालिकाको मतगणना रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १९:०२

१ जेठ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना रोकिएको छ । मतगणनाको क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पाँचवटा मतपत्र भेटिएपछि मतगणना कार्य रोकिएको हो ।

हालसम्म गणना भएको परिणाम अनुसार यो पालिकामा एमालेका बाबुलाल स्याङतान १७०८ मतका साथ अग्रस्थानमा छन् । कांग्रेसका राजकुमार मल्लले १६२२ मतका साथ बाबुलाललाई पछ्याइरहेका छन् ।

उपाध्यक्षमा पनि एमालेकी सुन्तलीमाया चेपाङ १६०९ मतका साथ अघि छन् । उनलाई माओवादीका बनस्तम थिङले १४८४ मतका साथ पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?