+
+

भरतपुरमा रेनु दाहाललाई सुवेदीले ३ मतले पछि पारे 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २०:०७

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई  तीन मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत पाएका छन् भने दाहालले २ हजार ४६५ मत ल्याएकी छन् । यसअघि दाहाल झिनो अग्रता बनाइरहेकी थिइन् । भरतपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् ।

भरतपुर महानगरमा दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन् भने सुवेदीलाई राप्रपाले सघाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?