+
+

काठमाडौं १ को वडाध्यक्षमा एमालेका भरतलाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २१:२७

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनी ६२२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् ।

लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २२८, माओवादी केन्द्रका २८ र एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले २६ मत पाएका छन् ।

खुला वडा सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ र शुभरत्न नेपाली, महिला सदस्यमा एमालेकी रसला तण्डुकार र दलित महिला सदस्यमा कांग्रेसकी मिना सुनार निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?