+
+

माओवादीले जित्यो डोटीको बोगाटन फुड्सिल गाउँपालिकाको अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ३:२७

२ जेठ, काठमाडौं । डोटीको बोगाटन फुड्सिल गाउँपालिकामा एकीकृत नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा २६ मतान्तरले माओवादीका कमलबहादुर गडसिला विजयी भएका छन् । एमालेका हस्तबहादुर बुढाले २ हजार २४ मत ल्याएर अध्यक्ष पदमा पराजित भए । कांग्रेसका दिबहहादुर बमले १ हजार ९३४ मत मात्रै पाए ।

उपाध्यक्षमा भने कांग्रेसले बाजी मार्‍यो । कांग्रेसकी विष्नादेवी कमले २ हजार ६३ मत ल्याएर जित हात पारिन् । एमालेकी ज्ञानकुमारी मल्लले १ हजार ९९१ मत पाएर हारमा चित्त बुभाइन् । माओवादीकी कलावती कुमारी चिमलाले १ हजार ८७१ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?