+
+

धनकुटाको साँगुरीगढीमा कांग्रेस र चौबिसेमा एमाले निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ६:४९
साँगुरीगढीका अध्यक्ष नेपाली कांग्रेसका जितेन्द्र राई र चौबिसेका अध्यक्ष नेकपा एमालेका राजकुमार लिम्बु ।

२ जेठ, धनकुटा । धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेस र चौबिसेमा नेकपा एमाले निर्वाचित भएका छन् ।

साँगुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कुमारजंग याखाले ४ हजार ८२८ मत पाए ।

साँगुरीगढीको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राई निर्वाचित भएकी छन् । राईले ४६५० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का लिलाराज लावतीको पक्षमा ४१३६ मत परेको छ ।

यसैगरी चौबिसे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजकुमार लिम्बु ५ हजार ३८ मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दलबहादुर मगरले ३ हजार ९९१ मत पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ततबहादुर लिम्बुले १४३ मत पाए ।

यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकै टंकमाया पाङमी ४ हजार ९८३ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी जसपाका मंगल कुमार लिम्बुले ३ हजार ९८८ मत पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शान्तिदेवी लिम्बुले १०७ मत पाइन् ।

चौबिसेमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेले नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?