+
+

वीरगञ्जमा राजेशमानलाई दोब्बर भन्दा बढी मतको अग्रता

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ २ गते ८:३१

२ जेठ,  वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले २ हजार २७५ मतले अग्रता कायम गरेका छन् ।

चारवटा वडाको आठ  हजार  ७७३ मत गणना गर्दा सिंहले चार हजार २६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार ९३९ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरीश गिरीले १३८ मत पाएका छन् । मेयर पदमा छ हजार ४३४ मत सदर हुँदा दुई हजार ३३९ बदर भएको छ ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार ८३३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४७४ मत पाएका छन् ।

वीरगञ्जमा उपप्रमुखका उम्मेदवारले पाएको मत भन्दा दुई हजार ४६ बढी मत अर्थात चार हजार ८७९ मत बदर भएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?