+
+

प्यूठान सरुमारानीमा एमालेका विश्वकर्मा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ११:२१

२ जेठ, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्ता गठवन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर बिश्वकर्माले चार हजार २८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुन्दराज शर्माले चार हजार १९४ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै बसन्ता खड्काले चार हजार ३९४ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गुप्तबहादुर रानाले तीन हजार ९४७ मत ल्याए ।

सरुमारानी गाउँपालिकामा रहेका ६ वडामध्ये ४ वटामा वडाध्यक्ष र वडा सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अन्य दुई वटा वडामा माओवादी केन्द्र र काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?