+
+

गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा एमालेका पाण्डे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १२:०७

२ जेठ, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टीकाराम पाण्डे (भीमप्रसाद)  निर्वाचित भएका छन् । उनले ६ हजार २६७ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर विजयी भएकी छन् । गाउँपालिकामा अध्यक्ष पदमा पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकाका ८ वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेस र एउटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

जसअनुसार वडा नम्बर १, २, ४, ७ र ८ मा एमाले र ५ र ६ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । गाउँपालिकामा १९ हजार २२५ जना मतदाता रहेकोमा १२ हजार ४३२ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?