+
+

वीरगञ्जमा राजेशमान सिंहलाई २,८२६ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १९:१२

२ जेठ,  वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का  राजेशमान सिंहले मत अन्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ८२६ मतले अगाडि छन् ।

१० हजार ४८१ मत गणना हुँदा सिंहले ५ हजार १३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरिश गिरीले १५३ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार ३५९ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ५४९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?